महाराज हजुरको फुर्मास सकियो हाइवेमा हामी : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनान्दोलनद्वारा निर्मित ‘राजनीतिक हाइवे’ को अपनत्व लिनुपर्ने, गौरव गर्नुपर्ने र सन्तोष मान्नु पर्ने बताउनुभएको छ ।

‘गणतन्त्र नै सही बाटो’ संवाद कार्यक्रममा आज शनिबार बोल्दै उहाँले युवा र नवपुस्तालाई गणतन्त्रका बारेमा बताउनुपर्ने र सचेत बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

हिजोको राजाको जस्तो किसिमको फुर्मास थ्यो, अहिले तिमीहरूको नेताको त्यो भन्दा बढी फुर्मास छ कि छैन ? भन्ने प्रश्नमा युवा पुस्तालाई उत्तर दिनसक्नुपर्ने महामन्त्री थापाले जानकारी दिनुभयो ।

‘महाराज हजुरले फुर्माइस गरिबक्स्यो असाध्यै राम्रो गरिबक्स्यो, अझै राम्रो गर्नुपर्छ भनेर हिजो भन्थे भने आज हामी कम्तिमा पनि तिम्रो फुर्मास गलत छ । कि तिम्रो फुर्मास बदल होइन भने तिमीलाई बदल्छौं भन्ने कुराको हिम्मत त गरिराखेका छौं ।’ नेता थापाले जोड दिनुभयो ।