बोटलर्स नेपालले नयाँ सञ्चालक समितिमा नियुक्ति गर्यो

बोटलर्स नेपाल लिमिटेड को ४७औँ वार्षिक साधारणसभा ले कम्पनीको सञ्चालक समितिमा नयाँ नियुक्ति गरेको छ। सभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व र स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पारित गरेको हो।

सभाबाट सर्वसाधारण सेयरधनीको प्रतिनिधि सञ्चालकका रूपमा नरमादेश्वर नारायण सिंह चयन भएका छन्। त्यसैगरी, कम्पनीको स्वतन्त्र सञ्चालकमा सिद्धान्त राज पाण्डे नियुक्त गरिएको छ।

कम्पनीले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ र धितोपत्र सूचीकृत उपविधि, २०७५ अनुसार विशेष सूचना सार्वजनिक गर्दै उक्त नियुक्तिको जानकारी सेयरधनी र लगानीकर्तालाई उपलब्ध गराएको छ।