शिखर इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीको प्रक्रिया सुरु गर्यो

शिखर इन्स्योरेन्स कम्पनी ले आफ्ना केही संस्थापक शेयरधनीहरूको शेयर बिक्री गर्ने प्रक्रिया सुरु गरेको छ। कम्पनीका अनुसार, संस्थापकहरूले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि कम्पनीमा निवेदन पेश गरेका थिए र त्यसअनुसार कम्पनीले शेयर बिक्रीमा राख्न लागेको हो।

हालसम्म बिक्रीमा राखिएको शेयरको संख्या र शेयरधनीको विवरण सार्वजनिक गरिएको छैन।

कम्पनीले भने अनुसार, संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै हुनेछ। इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ।

यदि तोकिएको अवधि भित्र संस्थापक शेयरधनीबाट कुनै निवेदन प्राप्त भएन भने, बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।