सिजी ब्रान्डको ‘LevelUP! with CG’ योजनामा पहिलो विजेताहरू सार्वजनिक

नेपालको सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG) ले आफ्नो उपहार योजना ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा #LevelUP! with CG’ अन्तर्गत पहिलो चरणका विजेताहरू सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार, आईसीसी टी–२० पुरुष विश्वकप लक्षित गर्दै सञ्चालन गरिएको योजनामा सहभागी हजारौं ग्राहकमध्ये डिजिटल गोलाप्रथा मार्फत पहिलो चरणका दुई भाग्यशाली विजेताहरू छनोट भएका छन्।

विजेताहरूमा काभ्रेका केदार भुजेल र झापाका चन्द्र श्रेष्ठ परेका छन्। भुजेलले सिजी डिजिटल, बनेपा बाट वाशिङ मेसिन खरिद गरी सहभागिता जनाएका थिए भने श्रेष्ठले न्यु ए वन सप्लायर्स, बिर्तामोड बाट माइक्रोवेभ ओभन खरिद गरेर विजेता बनेका हुन्।

दुवै विजेताले ५ दिने मुम्बई भ्रमण प्याकेज पाउनेछन्। यसमा काठमाडौँ–मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन, मुम्बई सिटी टुर र वानखेडे स्टेडियममा हुने टी–२० पुरुष विश्वकपमा नेपाली टोलीको एक खेलको टिकट समावेश छ।

कम्पनीले जनाएको छ कि यो पहिलो चरण मात्र हो र योजना अझै जारी रहेको छ। आगामी विजेताहरूको घोषणा हुन बाँकी छ। योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभरका २१ आधुनिक सिजी डिजिटल शोरुम, कम्पनीको आधिकारिक वेबसाइट www.cgdigital.com.np वा सिजी ब्रान्डका कुनै पनि आधिकारिक बिक्री केन्द्र बाट सामान खरिद गरी SMS पठाउनुपर्नेछ। (SMS Format: CG Warranty Card No Product Name Customer Name Address पठाउन 31003 मा)

४० वर्षदेखि नेपाली बजारमा सेवा दिँदै आएको सिजी ब्रान्डले आफ्ना ग्राहकहरूको विश्वासप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता योजनाहरू ल्याइरहने प्रतिवद्धता व्यक्त गरेको छ।