सुन–चाँदीको मूल्यले नयाँ रेकर्ड तोड्यो

बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुन प्रतितोला १,५०० रुपैयाँ बढेर २,७८,००० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला २,७६,५०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार कायम भएको मूल्यलाई ब्रेक गर्दै बुधबार सुनको मूल्यले नयाँ उच्चतम स्तर हासिल गरेको हो।

चाँदीको मूल्य पनि आज लगातार चौथो दिन नयाँ रेकर्ड बनाएको छ। बुधबार चाँदी प्रतितोला ३१५ रुपैयाँ बढेर ५,६५५ रुपैयाँमा कारोबार भएको छ। मंगलबार चाँदी प्रतितोला ५,३४० रुपैयाँमा खरिद–बिक्री भएको थियो।