स्कोडा इन्डियाको नयाँ इन्ट्री–लेभल एसयूभी कायलाकले भारत एनक्याप क्र्यास टेस्टमा प्रतिष्ठित फाइभ–स्टार रेटिङ प्राप्त गर्दै ब्रान्डको सुरक्षाप्रतिको प्रतिबद्धता पुनः प्रमाणित गरेको छ। यो स्कोडाको भारतमा एनक्याप परीक्षणमा सहभागी हुने पहिलो मोडल हो।
कायलाकले एडल्ट अक्युपेन्ट प्रोटेक्शनमा ३०.८८ स्कोर र चाइल्ड अक्युपेन्ट प्रोटेक्शनमा ४५.०० स्कोर प्राप्त गर्दै आफ्नो सेग्मेन्टको सबैभन्दा सुरक्षित एसयूभीको उपाधि पाएको छ। यसले वयस्क र बालबालिकाको सुरक्षामा उच्चतम स्तर सुनिश्चित गरेको छ।
बालबालिकाको सुरक्षामा कायलाकले असाधारण प्रदर्शन गरेको छ। यसले फ्रन्टल अफसेट बारियर टेस्टमा १६/१६ अंक (१००%) र १.५ र ३ वर्षका बच्चाका लागि साइड–मुभिङ डिफर्मेबल बारियर टेस्टमा ८/८ अंक (१००%) हासिल गरेको छ। साथै, रिकमेन्डेड चाइल्ड सीट असेसमेन्टमा पूर्ण अंक र भेहिकल–बेस्ड मूल्यांकनमा १३ मध्ये ९ अंक (६९%) प्राप्त भएको छ।
कायलाकको सुरक्षा सुविधामा ६ एयरब्याग र २५ भन्दा बढी एक्टिभ तथा प्यासिभ सेफ्टी फिचर उपलब्ध छन्। यसले परिवार र यात्रुहरूको सुरक्षा सर्वोच्च प्राथमिकतामा राखेको देखाउँछ।
स्कोडाको यस सुरक्षा प्रदर्शनले कुशाक र स्लाभिया जस्ता मोडलले ग्लोबल एनक्यापमा फाइभ–स्टार प्राप्त गरेको सेफ्टी लिगेसीलाई निरन्तरता दिएको छ। कायलाकले सुरक्षा मात्र नभई आराम, शैली र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन पनि प्रस्तुत गरेको छ।
नेपाली बजारमा पनि कायलाकप्रति चासो बढ्दै गएको छ, र यसको अफिसियल लन्चको प्रतीक्षामा अटोमोबाइल प्रेमी र आम ग्राहकहरू रहेका छन्। उच्च सुरक्षा, अत्याधुनिक डिजाइन र उन्नत सुविधासँग युक्त कायलाकले इन्ट्री–लेभल एसयूभी सेग्मेन्टका लागि नयाँ बेन्चमार्क कायम गर्ने अपेक्षा गरिएको छ।
