सुनचाँदीको भाउ फेरि उकालो

नेपाली बजारमा आज बुधबार सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । सुनचाँदी पत्थर, रत्न तथा आभूषण महसंघका अनुसार आज सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको महसंघले जनाएको छ । पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको देखिन्छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर ५ हजार ९२० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।