बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन गर्न लागेकाे छ । केन्द्रीय बैंकले ६३ दिनका लागि २० अर्ब रुपैयाँ संकलन गर्ने योजना बनाएको छ। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दै कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरमा गर्नुपर्ने भए पनि बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
यो बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। संकलन गरिएको निक्षेपको अवधि ६३ दिन हुनेछ र चैत ११ गते साँवा र ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
