यांगो एपमा अब एक्सप्रेस र कार्गो डेलिभरी सुविधा

ग्लोबल टेक कम्पनी यांगो समूहले नेपाली बजारमा आफ्नो सेवा विस्तार गर्दै यांगो एपमा नयाँ डेलिभरी समाधान “Yango Delivery” सुरु गरेको छ। यो सेवाले काठमाडौंमा साना–ठूला पार्सल ढुवानीका लागि सहज र प्रभावकारी C2C तथा एसएमबी समाधान उपलब्ध गराउँछ।

अब यांगो एपमार्फत प्रयोगकर्ताले तीन प्रकारका डेलिभरी विकल्प चयन गर्न सक्नेछन्:

  • मोटो कुरियर: साना पार्सल र कागजातका लागि

  • कार कुरियर: मध्यम आकारका सामानका लागि

  • कार्गो: ठूलो आकारका सामानका लागि नयाँ विकल्प

यांगो डेलिभरीले डिजिटल माध्यमबाट स्थानीय ढुवानी कम्पनीहरूसँग मिलेर सहरभित्र वस्तु ढुवानीलाई छिटो, भरपर्दो र पारदर्शी बनाउँछ। प्रत्येक पार्सल लाइव ट्र्याकिङ मार्फत ट्र्याक गर्न सकिनेछ, जसले ग्राहक र साझेदार दुवैको लागि सुविधा सुनिश्चित गर्छ।

यांगो समूहका दक्षिण एशिया क्षेत्र प्रमुख मोहम्मद अहसान अकबरका अनुसार, “हाम्रो उद्देश्य काठमाडौंमा सामान पठाउन र प्राप्त गर्न सहज बनाउनु हो। सानो वा ठूलो सामान भए पनि एप खोलेर उपयुक्त विकल्प चयन गर्नुहोस्, र हाम्रो सेवा मार्फत डेलिभरी गराउन सक्नुहुन्छ।”

यांगोले आफ्ना साझेदार ड्राइभरहरूलाई राइड-हेलिङ र डेलिभरी दुबैमा थप आम्दानीको अवसर उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।

यांगो समूह नेपाली बजारमा मे २०२५ मा प्रवेश गरेको थियो र सुरुमा सवारी सेवाबाट एपको परीक्षण सञ्चालन गरिएको थियो। अहिले एपले राइड-हेलिङसँगै डेलिभरी सेवा पनि प्रदान गर्दै काठमाडौंका नागरिक र आगन्तुकहरूको दैनिक गतिशीलता सजिलो बनाएको छ।