मेरो माइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रहरी वृत्त सातदोबाटोलाई आवश्यक सुरक्षा सामग्री सहयोग गरेको छ। संस्थाले क्युआरटी (क्विक रेस्पोन्स टिम) को लागि २५ थान फ्लोरोसेन्ट ज्याकेट, नी गार्ड, चेस्ट गार्ड र हेल्मेट हस्तान्तरण गरेको हो।
सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल ले प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक पुर्णिमा चन्द लाई सामग्री हस्तान्तरण गरेका थिए। प्रहरी नायब उपरीक्षक चन्दले संस्थाप्रति आभार व्यक्त गर्दै, यस्तो सहयोगले सामाजिक शान्ति र सुरक्षामा प्रहरीको मनोबल बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले भने, “सातदोबाटो क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रीकालिन गस्ती तथा चेकिङको समयमा जोखिम व्यवस्थापनमा सहयोग पुर्याउन हामीले सहयोग गरेका हौं।”
मेरो माइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय नुवाकोटको बट्टारमा रहेको छ र यसले देशभर ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत १ लाख ५३ हजारभन्दा बढी विपन्न परिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।
