नेपाल आयल निगमले १ अर्ब १० करोड रुपैयाँ लाभांश वितरण गर्ने निर्णय

नेपाल आयल निगमले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ। बुधबार निगमले साधारणसभासम्बन्धी सूचना जारी गर्दै आगामी साधारणसभाबाट पारित भए पश्चात लाभांश वितरण हुने जानकारी दिएको छ।

निगमको साधारणसभा माघ २८ गते बुधबार बबरमहलस्थित निगमको सभा हलमा बस्ने निर्णय संचालक समितिले गरेको छ।

निगमको तथ्याङ्क अनुसार चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ। सो आधारमा सेयरधनीहरूलाई १ अर्ब १० करोड रुपैयाँ बराबरको लाभांश वितरण गरिने भएको छ।