सुन–चाँदीको मूल्यमा न्यून गिरावट

आज सुन र चाँदीको मूल्यमा हल्का कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, प्रतितोला सुनको मूल्य २५ सय रुपैयाँले घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ। बुधबार यो मूल्य २ लाख ९५ हजार १०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि घटबढ भएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भएको छ, जुन बुधबारको ५ हजार ९२० रुपैयाँको मूल्यभन्दा ५० रुपैयाँ कम हो।