प्रधानमन्त्री सुशिला कार्की ले नागरिकहरूलाई आफ्नो देश र अवसरप्रतिको जिम्मेवारीबोध गर्दै महत्वपूर्ण सन्देश दिइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “यो देश हाम्रो हो, हामीले नै बनाउने हो। हामीले नै यसलाई बस्न लायक बनाउने हो। हामीले नबनाए कोही आएर बनाइदिँदैन। यहाँका तमाम चुनौतीबाट भाग्ने होइन, हामी आफैं डटेर सामना गर्नुपर्छ। आफू बसेको ठाउँ आफैं सफा गर्नुपर्छ। सिप आफ्नै व्यक्तित्व तथा राष्ट्रिय निर्माणमा भरपूर सदुपयोग हुनुपर्छ।”
उनले नागरिकहरूलाई नेपालमै केही गर्न प्रेरित गर्दै अवसर पहिचान गर्न र नभएको ठाउँमा नयाँ अवसर सिर्जना गर्न आग्रह गरिन्। साथै उनले जोड दिइन् कि जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक बन्नु जरुरी छ।
प्रधानमन्त्री कार्कीको यो सन्देशले व्यक्तिगत उत्तरदायित्व, सक्रियता र राष्ट्रिय निर्माणमा नागरिकको योगदानलाई केन्द्रमा राखेको छ।
