काठमाडौं। केटिएम नेपाल र एक्सट्रिम इनर्जी ड्रिङ्कको साझेदारीमा आगामी माघ १७ गते ‘केटिएम एक्सट्रिम इन्ड्युरो डे’ कार्यक्रम आयोजना हुने भएको छ। हंसराज हुलासचन्द कम्पनी प्रा.लि. अन्तर्गतको केटिएम नेपालसँग साझेदारी गर्दै एक्सट्रिम इनर्जी ड्रिङ्कले काठमाडौंस्थित हात्तिवन फरेस्ट रिसोर्टमा कार्यक्रम गर्ने तयारी गरेको छ।
बाइक र स्टन्ट प्रेमीहरूका लागि लक्षित यस कार्यक्रममा सहभागीहरूले उपहार जित्ने मौका पाउनेछन्। बिहान १० बजे सुरु हुने ‘टाइम ल्याप च्यालेन्ज’ प्रतिस्पर्धामा विजेताले आकर्षक पुरस्कार जित्न सक्नेछन्। आयोजकका अनुसार प्रतियोगीलाई ‘केटीएम एन्ड्यूरो ३९० आर’ बाइक कार्यक्रमस्थलमै उपलब्ध गराइनेछ र सहभागीले आफ्नै व्यक्तिगत बाइक ल्याउन आवश्यक छैन।
प्रतिस्पर्धामा भाग लिन रजिस्ट्रेसन शुल्क फ्रि राखिएको छ। इच्छुक सहभागीहरूले ‘केटिएम रेडी टु रेस’ पेजमा गएर क्यूआर कोड स्क्यान गरी रजिस्ट्रेसन गर्न सक्नेछन्। सीट संख्या सीमित भएकाले आयोजकले छिट्टै आवेदन दिन अनुरोध गरेको छ।
त्यसैगरी, ‘एक्सट्रिम एक्सपिरिएन्स जोन’ नाम दिइएको स्टलमा विभिन्न खेलकुद र अन्य गतिविधिहरू आयोजना गरिनेछ, जसमा उपस्थित दर्शकहरूले पनि पुरस्कार जित्ने अवसर पाउनेछन्। आयोजकले आगामी दिनहरूमा युवा पुस्तालाई ऊर्जा र उत्साह दिन यस्तै कार्यक्रमहरू निरन्तर ल्याउने योजना रहेको जनाएको छ।
समग्रमा, ‘केटिएम एक्सट्रिम इन्ड्युरो डे’ बाइक प्रेमी, स्टन्ट प्रेमी र युवा वर्गका लागि मनोरञ्जन र प्रतिस्पर्धाको अवसर बन्ने अपेक्षा गरिएको छ।
