काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले “सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस”को अवसरमा आफ्नो सम्पूर्ण कार्यालयका कर्मचारीहरूले एमएल–सिएफटी (Money Laundering–Combating Financing of Terrorism) उच्चतम प्रावधान पालन गर्ने प्रतिज्ञा कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय सम्पत्ति शुद्धिकरण निवारण दिवसको रूपमा घोषणा गरेअनुसार बैंकले यस दिवस मनाएको हो।
प्रधान कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले सबै कर्मचारीहरूलाई प्रतिज्ञा गराएका थिए। कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्द, प्रमुख संचालन अधिकृत, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत प्रबिण मुनि बज्राचार्य लगायतका वरिष्ठ पदाधिकारीहरूको उपस्थिती रहेको थियो।
सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले पनि आ–आफ्ना कार्यालयहरूमा प्रतिज्ञा लिएका थिए।
नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ सेवा, १२७ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।
बैंकका अधिकारीहरूले बताएअनुसार, यस्तो प्रतिज्ञा कार्यक्रमले बैंकिङ प्रणालीलाई पारदर्शी बनाउने र गैरकानुनी वित्तीय गतिविधि रोकथाममा योगदान पुर्याउने लक्ष्य राखेको छ।
