नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ।
हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर घटेको थियो भने युरो, पाउन्डसहितका मुद्राको बढेको थियो।
विगत केही दिनदेखि निरन्तर बढ्दै आएको युरो र पाउन्डको भाउ आज पनि बढेको छ।
आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा छ। विगत केही दिनदेखि स्थिर रहेको अमेरिकी डलरको विनिमयदर आज बढेको हो।
हिजो अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा थियो।
गएको सोमबार अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिदर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा छ। हिजो युरो १ को खरिदर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर २०१ रुपैयाँ ८९ र बिक्रीदर २०२ रुपैयाँ ७१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर २०० रुपैयाँ ७६ र बिक्रीदर २०१ रुपैयाँ ५८ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर १०२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०३ रुपैयाँ छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ८९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ १२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ०८ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३९० रुपैयाँ ३४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९० रुपैयाँ ०५ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
