काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४ हजार ४०० रुपैयाँले वृद्धि भई ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ।
यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। एकैदिन भएको ठूलो वृद्धिले सुन बजार फेरि तातिएको संकेत देखिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदीको भाउ तोलामा २६५ रुपैयाँले बढेर ५ हजार ६०० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
