जापान भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेल चार दिने जापान भ्रमण सकेर स्वदेश फर्किएका छन्।

आज बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत विशिष्ट व्यक्तिले राष्ट्रपति पौडेललाई स्वागत गरेका छन्। उनी नेपाल एयरलाइन्सको जहाजमार्फत स्वदेश फर्किएका हुन्।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेले माघ १८ गते जापान प्रस्थान गरेका थिए। जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितो, प्रधानमन्त्री ताकाइची सानाएसँग भेटवार्ता गरेका थिए।

राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै