हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बदल लागेको छ र पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराईका भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ।
आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकोले तत्काल वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
