सिटिइभिटीले ९८ कर्मचारीको माग, आवेदन प्रक्रिया फागुन २३ सम्म

काठमाडौं । प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले प्रशासन, इन्जिनियरिङ, लेखा र कानुनतर्फ नयाँ कर्मचारी माग गरेको छ। परिषदले प्राविधिक र प्रशासन सेवाका लागि कुल ९८ जना कर्मचारी भर्ना गर्ने योजना बनाएको छ।

योग्यता पुगेका आवेदकहरूले कर्मचारी निर्वाचन आयोगको विद्युतीय दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आवेदकको उमेर हद विभिन्न पद अनुसार तय गरिएको छ। द्वितीय श्रेणी अधिकृतको हकमा ४० वर्ष ननाघेको, तृतीयको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, सहायक पदको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सामान्य दस्तुर तिरेर फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर आवेदन फागुन ३० गतेसम्म पनि पेश गर्न सकिनेछ।

सिटिइभिटीले यस अवसरमार्फत दक्ष र योग्य जनशक्तिलाई रोजगारी दिने लक्ष्य राखेको छ, जसले तालिम क्षेत्रको कार्यसम्पादन र सेवाको गुणस्तर वृद्धि गर्ने अपेक्षा गरिएको छ।