काठमाडौं । यामाहा नेपाल, MAW Rides Pvt. Ltd. अन्तर्गत, आफ्नो यामाहा रेजर हाइब्रिड माइलेज लिगको मध्य-सम्पन्न सफलता सार्वजनिक गरेको छ। यस प्रतियोगिताले नेपालका सबैभन्दा इन्धन दक्ष राइडर खोज्ने यात्रा अझ रोमाञ्चक बनाएको छ र असार २०८३ मा आयोजना हुने ग्राण्ड फिनालेतर्फ लिग अगाडि बढ्दैछ।
यामाहा रेजर १२५-एफआई हाइब्रिडले ARAI प्रमाणित ७१.३३ km/l माइलेज दिने भए पनि प्रतियोगितामा सहभागिहरूले वास्तविक सडकमा ८७.२० km/l सम्मको उत्कृष्ट माइलेज प्रदर्शन गरेका छन्। यो प्रतिस्पर्धा केवल नियन्त्रित ट्र्याकमा मात्र नभई नेपालको विविध भूगोलमा गरिएको वास्तविक परीक्षणको नतिजा हो।
प्रतिभागीहरूले तराईको समथरबाट लिएर पहाडी क्षेत्रका घुमाउरा र सडकदेखि खुरदुरा अफ-रोड ट्रेलसम्ममा यामाहा रेजर हाइब्रिडको माइलेज परिक्षण गरेका छन्।
यामाहा नेपालका CEO तथा ED दीपक कुमार अग्रवालले भने, “माइलेज लिग केवल प्रतियोगिता होइन, यो नेपाली राइडरप्रतिको हाम्रो प्रतिबद्धताको उत्सव हो। हामीले प्रयोगशालामा देखाइएको नतिजा वास्तविक सडकमा प्रमाणित गरिरहेका छौँ। प्रत्येक RayZR Hybrid मालिकले देशकै सबैभन्दा इन्धन दक्ष स्कुटर चलाएको गर्व अनुभव गर्न पाउनेछन्।”
यस लिगको केन्द्रबिन्दु यामाहा रेजर १२५ FI हाइब्रिड हो, जुन नेपालको सबैभन्दा बढी बिक्री हुने स्कुटर हो र आफ्नो वर्गको एकमात्र हाइब्रिड मोडल हो। यसमा स्मार्ट मोटर जेनरेटर (SMG) र अटोमेटिक स्टप एण्ड स्टार्ट सिस्टम जडान गरिएको छ, जसले शक्तिसँगै इन्धन बचतको उच्चतम संयोजन प्रदान गर्दछ।
असार २०८३ मा हुने “विनर अफ विनर्स” प्रतियोगितामा क्षेत्रीय विजेताहरूलाई अन्तिम परीक्षणमा समेटिनेछ। यामाहा नेपालले देशभर थप चुनौतीहरूको आयोजना गर्दै वास्तविक सडक माइलेज प्रमाणित गर्दै अगाडि बढ्ने जनाएको छ।
प्रतिभागीहरू आफ्नो नजिकको यामाहा शो-रुमसँग सम्पर्क राखेर लिगमा सहभागी हुन सक्नेछन्।
यामाहा नेपाल, MAW Rides Pvt. Ltd. मार्फत जापानी इन्जिनियरिङ्ग उत्कृष्टता र “काण्डो” भावनासहित दुई-पाङ्ग्रे सवारी उद्योगमा नेतृत्व दिँदै आएको छ।
