सुन–चाँदीको मूल्यमा मजबुत उछाल

काठमाडौँ । आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय बढोत्तरी देखिएको छ। नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार सुनको मूल्य ४ हजार १०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँ पुगेको छ।

आइतबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो। मूल्य वृद्धिसँगै सुन खरिद बिक्रीमा नयाँ उत्साह सिर्जना भएको महासंघले जनाएको छ।

चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज २५० रुपैयाँ बढेर ५ हजार २५० रुपैयाँमा पुगेको छ।