काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले आफ्ना ग्राहकलाई व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव दिने उद्देश्यसहित नयाँ एक्स्प्रेसन डेबिट कार्ड सार्वजनिक गरेको छ।
यो कार्डमार्फत ग्राहकहरूले आफ्नो मनपर्ने फोटो छनोट गरी सो फोटो कार्डमा प्रिन्ट गर्न सक्ने सुविधा पाउनेछन्। कार्डलाई ग्राहकको व्यक्तित्व, रुचि र आत्म अभिव्यक्तिलाई झल्काउने गरी डिजाइन गरिएको छ।
आइसिएफसि फाइनान्सका अनुसार, एक्स्प्रेसन डेबिट कार्ड प्रयोग गरेर ग्राहकहरूले एटीएम सेवा, किनमेल र विभिन्न डिजिटल भुक्तानी सजिलै गर्न सक्नेछन्। डिजिटल बैंकिङ सेवामा नवीनता र ग्राहक केन्द्रित समाधान विस्तार गर्ने कम्पनीको निरन्तर प्रयास अन्तर्गत यो सेवा सुरु गरिएको हो।
ग्राहकले एक्स्प्रेसन डेबिट कार्ड प्राप्त गर्न आफ्नो नजिकको शाखा कार्यालय वा संस्थाको आधिकारिक वेबसाइट र सामाजिक संजालमार्फत जानकारी लिन सक्नेछन्।
