काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री गर्न अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको स्वीकृति दिएको हो ।
बोर्डको अनुमति अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्नेछ । यो आईपीओ कम्पनीको चुक्ता पुँजीको २० प्रतिशत हिस्सा बराबर हो ।
आईपीओ निष्कासनपछि टक्सार पिखुवा खोला हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ४ लाख रुपैयाँ पुग्नेछ । यसले कम्पनीको वित्तीय संरचना थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल नियुक्त भएको छ । आईपीओमार्फत सर्वसाधारणलाई जलविद्युत् क्षेत्रमा लगानी गर्ने अवसर खुल्ने कम्पनीले जनाएको छ ।
