सिटिजन्स बैंकका संस्थापक शेयरमा लगानी अवसर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड ले संस्थापक शेयरधनीको नाममा हराएका संस्थापक शेयरहरू बिक्रीमा राखेको छ। बैंकले संस्थापक तथा सर्वसाधारण लगानीकर्ताका लागि छुट्टाछुट्टै दर तोकी संस्थापक शेयर बिक्री खुला गरेको हो।

बैंकका अनुसार प्रतिकित्ता न्यूनतम १०६ रुपैयाँका दरले ३ हजार ८५३.९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। यसमा बैंकको नवौं वार्षिक साधारणसभाबाट पारित बोनस शेयरसमेत समावेश रहेका छन्, जुन संस्थापक शेयरधनीका लागि उपलब्ध गराइएको हो।

त्यसैगरी, सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता न्यूनतम १३० रुपैयाँका दरले १८ हजार ८४४.७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ।

यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ३५ दिनभित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ। बैंकले यो प्रक्रिया पारदर्शी र नियमानुसार अघि बढाइने स्पष्ट पारेको छ।