प्रजातन्त्र दिवसमा सुनचाँदी चम्कियो

  • Clock icon
    २०८२ फाल्गुन ७, बिहीबार

काठमाडौँ । आज प्रजातन्त्र दिवसको अवसरमा नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ३०० रुपैयाँले वृद्धि भएको हो।

मूल्यवृद्धिसँगै आज सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुनको मूल्य प्रतितोला ३ लाख ४०० रुपैयाँ रहेको थियो।

यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १८० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ६० रुपैयाँ पुगेको छ।

  • Clock icon
    २०८२ फाल्गुन ७, बिहीबार