कजारिया टाइलले जनकपुरमा नयाँ एक्सक्लुसिभ शो–रूम उद्घाटन

  • Clock icon
    २०८२ फाल्गुन १०, आईतवार

जनकपुर । प्रिमियम र नविनतम टाइल उत्पादनमा अगुवा Kajaria Ramesh Tiles Limitedले मधेश प्रदेशमा आफ्नो उपस्थिति अझ सुदृढ गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शो–रूम उद्घाटन गरेको छ।

बाबा अटोमाटा ट्रेडिङ प्रा. लि. सञ्चालनमा आएको सो शो–रूमले जनकपुर र वरिपरिका क्षेत्रका ग्राहकलाई आधुनिक र प्रिमियम टाइल खरिदको सहज अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।

शुक्रवार बिहान ११ बजे आयोजित विशेष समारोहमा उद्योगका विशिष्ट व्यक्तित्व, इन्जिनियर तथा आर्किटेक्टको उपस्थितिले निर्माण तथा पूर्वाधार विकासमा गुणस्तरीय उत्पादनको महत्वलाई उजागर गर्यो। उद्घाटन रिबन–कटिङ समारोहमार्फत कजारिया रामेश टाइल्सका निर्देशक हिमांशु अग्रवालले गरेका थिए।

समारोहमा मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारी र मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपालको उपस्थितिले उत्सवको शोभा बढाएको थियो।

निर्देशक हिमांशु अग्रवालले कार्यक्रमलाई सम्बोधन गर्दै ग्राहक र साझेदारको विश्वासप्रति आभार व्यक्त गर्दै कजारियाले स्थानीय विकासमा पुर्‍याएको योगदानको चर्चा गरे। उनले भने, “जनकपुर जस्ता प्रमुख शहरमा कजारियाजस्ता प्रतिष्ठित ब्रान्डको विस्तारले नेपालका निर्माण र पूर्वाधार क्षेत्रमा बढ्दो गति देखाउँछ। यसले मात्र ग्राहकलाई प्रिमियम उत्पादन उपलब्ध गराउने छैन, रोजगार सिर्जना र क्षेत्रीय आर्थिक वृद्धिमा पनि योगदान पुर्‍याउँछ।”

जनकपुरको रणनीतिक स्थानमा रहेको नयाँ शो–रूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत र विचारपूर्वक चयन गरिएको रेंज प्रदर्शित गरिएको छ। ग्राहकहरूले आवासीय, व्यवसायिक र वास्तुकलासम्बन्धी आवश्यकता अनुसारको डिजाईन छनोट गर्न सक्नेछन्।

कजारिया रामेश टाइल्सले नेपालमा सबैभन्दा ठूलो टाइल उत्पादन संयंत्र स्थापना गरी आधुनिक प्रविधि र विश्वस्तरीय गुणस्तर मापदण्ड पालन गर्दै आएको छ। ३,००० भन्दा बढी डिजाईन विकल्पसहित ब्रान्डले टिकाउ, सुन्दर र प्रदर्शनमा उत्कृष्ट टाइल उत्पादन गर्दै इन्टिरियर स्पेसमा क्रान्ति ल्याइरहेको छ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शो–रूममार्फत आफ्नो व्यापक उपस्थिति कायम गरेको छ। यसको उत्पादन सूचीमा ग्लेज्ड भिट्रिफाइड टाइल, हेभी ड्यूटी ग्लेज्ड भिट्रिफाइड टाइल, सेरामिक वाल टाइलजस्ता प्रिमियम उत्पादनहरू समावेश छन्, जसले जल प्रतिरोध, दाग प्रतिरोध, मजबुती र आधुनिक डिजाईनको सुनिश्चितता दिन्छ।

  • Clock icon
    २०८२ फाल्गुन १०, आईतवार