नबिल बैंकका ७१ हजार संस्थापक शेयर बिक्रीमा

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार

काठमाडौं । नबिल बैंक लिमिटेडका ७१ हजार १४० कित्ता संस्थापक शेयर बिक्रीका लागि राखिएको छ।

बैंकका संस्थापक शेयरधनीका नाममा रहेको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ। यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन नआएपछि अब अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको हो।

इच्छुक खरिदकर्ताहरूले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, नारायणचौर, काठमाडौंबाट आवेदन फाराम प्राप्त गरी गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्ने व्यवस्था रहेको छ।

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार