नेपाली बजारमा सुन घट्यो, चाँदी बढ्यो

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घट्दा, चाँदीको मूल्य बढेको छ। हिजो तोलामा ६ सय रुपैयाँले बढेको सुन आज ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँ प्रति तोला कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ थियो।

यसैबीच, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले वृद्धि हुँदै ५ हजार ७४० रुपैयाँ प्रति तोला पुगेको छ। हिजो चाँदीको भाउ ५ हजार ७२५ रुपैयाँ प्रति तोला कायम थियो।

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार