डिजिटल सिनेमामा भिपिसी शुल्क घट्ने भयो

नेपाल चलचित्र निर्माता संघले डिजिटल सिनेमा नेपालसँगको केही साता लामो संवाद र छलफल पछि भीपीसी शुल्क घटाउने सहमति गरेको छ ।

आगामी श्रावण १ गतेबाट निर्माताहरूले साविकमा तिर्दै आएको शुल्कमा करिव २५ प्रतिशत कम शुल्क तिर्नुपर्ने भएको छ ।
यस्तै अन्तराष्ट्रिय प्रदर्शनको प्याकेज शुल्कमा ३०,००० हजार कम तिर्नुपर्ने भएको छ ।

यसैगरी नवल खड्का अध्यक्षतामा निर्माता संघले ५०-५० प्रतिशत शेयर बाडफाँट, ३:३० मिनेट सम्मको फ्रि ट्रेलर लगायतको सहमति सम्पन्न गरिसकेको र निर्माताहरूले यसको लाभ लिइरहेका छन् ।

साथै चलचित्र विद्येकलाई चलचित्र उद्योग मैत्री बनाउँदै स्वसाशीत बोर्डको रुपमा स्वायत्तता प्रदान गर्नको लागि चलचित्र निर्माता संघको प्रयास जारी रहेको र चलचित्र सम्बद्ध संघसंस्थाहरूसंग सहकार्य सहित अगाडि बढिरहेको छ ।

आज विहिबारको  यस कार्यमा अशोक शर्मा,उदय सुब्बा सहित कार्यसमिति सम्पूर्ण निर्माता ,सहयोग प्रति ज्ञापन समेत गर्दछ ।