काठमाडौँ । नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आफ्नो सेवा मोडेलमा व्यापक सुधार गरेको छ। कम्पनीले ‘सर्भिस एक्सीलेन्स’ अभियान अन्तर्गत अब अत्यन्तै सस्तो र पारदर्शी मर्मत सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
प्रति किलोमिटर खर्च मात्र ५३ पैसा
रोयल इन्फिल्डको मर्मत खर्च अब अन्य मोटरसाइकलको तुलनामा निकै किफायती देखिएको छ। ३० हजार किलोमिटर सम्मको तथ्याङ्क अनुसार:
-
क्लासिक, मिटियोर र हन्टर: मर्मत खर्च प्रति किलोमिटर मात्र ५३ पैसा।
-
हिमालयन र स्क्राम: मर्मत खर्च प्रति किलोमिटर मात्र ६३ पैसा। हरेक ५ हजार किलोमिटरमा मात्र सर्भिसिङ गर्दा हुने हुनाले यसले सवारको समय र पैसा दुवै बचत गर्नेछ।
छिटो र छरितो सेवा सञ्जाल
काठमाडौँ उपत्यकाका नक्साल, बालकुमारी, पुरानो बानेश्वर र भक्तपुर गरी चार मुख्य स्थानमा २३ वटा आधुनिक सर्भिस बे (Service Bays) मार्फत सेवा प्रदान गरिनेछ। ग्राहकका लागि ‘अपोइन्टमेन्ट’ प्रणाली लागू गरिएको छ भने आकस्मिक अवस्थाका लागि बिना अपोइन्टमेन्ट सिधै मर्मतको सुविधा पनि उपलब्ध छ।
विशेष सुविधाहरू:
-
पिक एण्ड ड्रप: एक सेन्टरमा चाप बढी भएमा कम्पनी आफैँले मोटरसाइकल अर्को सेन्टरमा लगेर सर्भिसिङ गरी फिर्ता ल्याइदिनेछ।
-
एएमसी प्लान (AMC): मात्र २,००० रुपैयाँमा २ वर्षका लागि ४ पटक सर्भिसिङ र ६ पटक वासिङ सुविधा।
-
पार्ट्सको उपलब्धता: १० करोड रुपैयाँ बराबरको स्पेयर पार्ट्स मौज्दात राखिएको छ। नेपालमा नपाइने सामान भारतबाट सिधै ‘एयर लिफ्ट’ गरी ल्याइने व्यवस्था छ।
-
वारेन्टी: हरेक नयाँ बाइकमा ३ वर्ष वा ३० हजार किलोमिटरसम्मको वारेन्टी र २ वर्षसम्म श्रम शुल्क (Labor Charge) नलाग्ने व्यवस्था गरिएको छ।
बढ्दो करका कारण बाइकको मूल्य महँगो भए पनि मर्मत सेवालाई सस्तो र गुणस्तरीय बनाएर रोयल इन्फिल्डले नेपाली राइडरहरूको मन जित्ने लक्ष्य राखेको छ।
