सुन–चाँदीको भाउमा घटबढ, बुधबार सुनको मूल्यमा गिरावट

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार

काठमाडाैं । नेपाली बजारमा लगातार बढ्दो सुनको मूल्य बुधबार घटेको छ। मंगलबार प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेको सुनको भाउ आज प्रतितोला ११ हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ३,१७,६०० रुपैयाँ निर्धारण गरिएको छ। मंगलबार यो मूल्य प्रतितोला ३,२८,६०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ५,८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५,५४० रुपैयाँमा आएको छ। यसले प्रतितोला २७५ रुपैयाँ घटेको संकेत गर्छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ५,१५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार