सबै दल समलिङ्गी बिहे समर्थक-डा. केबी रोकाया

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार

डा.केबी रोकायाले झण्डै २३ वर्ष पुल्चोक क्याम्पसमा पढाए । क्याम्पस प्रमुख पनि भए ।

हाइड्रो इञ्जिनियरिङमा पिएचडी गरेका उनी विषयगत विद्वताभन्दा बढी युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेको कारण विशेष चर्चामा रहे ।

पुल्चोक क्याम्पसको जागिर र ब्रिटिश आइएनजिओमा कन्ट्री डाइरेक्टरको पद छाडेर युरोपियन युनियन, बेलायत र अमेरिकालाई कन्भिन्स गरी माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन बल लगाए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि राष्ट्रिय मानवअधिकार आयोगको सदस्य नियुक्त भए । ६ वर्ष आयोगमा रहेका उनी धार्मिक समुदायसम्बद्ध व्यक्ति हुन् ।

क्रिश्चियन धर्मका अगुवाको रूपमा समेत चर्चित उनी बौद्धिक धार्मिक र व्यापारिक समुदायले नैतिकता प्रदर्शन गर्न नसक्दा मुलुक यो अवस्थामा पुगेको र बाह्य शक्तिले नाङ्गो नाच देखाउने अवस्था आएको भनी पीर पोख्छन् ।

० जेनजी विद्रोहलाई धेरैले एमसिसीको बाइ प्रोडक्ट मान्छन् तर तपाईंचाहिँ नेपाललाई समलिंगीहरूको केन्द्र बनाउने योजनाअनुसार भएको विद्रोह भन्नुहुन्छ । आधार के–के हुन्?

– यो देश हामीले चलाएका छैनौं । जे भइरहेको छ त्यो नेपाल र नेपालीको लागि भइरहेको छैन । बाह्य शक्तिको डिजाइन, लगानी प्रशस्त छ । सबै राजनीतिक परिवर्तनमा नेपालीहरू प्रयोग मात्र भएका हुन् । अहिले जे भयो, त्यो नेपालीले गरेका होइनन् ।

नेपाल त खाली प्ले ग्राउण्ड मात्र भएको हो । त्यहीमध्येको हो नेपाललाई समलिंगीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने खेल । तीन वर्षअगाडि ६५ देशका तीन सय समलिंगी आएर अछामको एउटा गाउँमा पुगे । दुई हप्ता समलिंगी मेला (रेन्बो फेमिली फेस्टिभल) लगाए ।

त्यत्रो संख्यामा विदेशी हाम्रा अनकण्टार गाउँमा कसरी पुगे ? को हुन् ती ? के लिएर आएका थिए रु अछाम जिल्लाका प्रतिनिधि डा.भीम रावललाई भेटेर सोध्दा सरकारै लागिरहेको छ, तपाईं के गर्नुहुन्छ भनेर लाचारी प्रकट गर्नुभयो ।

पाँच महिनाअगाडि १६ देशका समलिंगी नेपाल आए र कैलालीको जंगलमा बसे । यसबारे कुनै नियामक निकायलाई थाहा छैन । कुनै परमिट पनि छैन ।

उनीहरूलाई स्थानीयले धपाए । यसप्रकारको बेवारिस मुलुक बन्यो नेपाल । संसारभरका समलिंगीको विवाह केन्द्र नेपाललाई बनाउने र जानकी मन्दिरलाई विवाहमण्डपका रूपमा विकास गर्ने योजनाअनुसारै काम भइरहेको छ ।१७३ देशले समलिंगी विवाहलाई मान्यता दिएको छैन ।

एशियाका अरु कुनै देशले समलिंगी विवाहलाई मान्यता दिएको देख्नुहुन्छ रु अमेरिका र रुसले समलिंगीविरुद्ध युद्ध नै घोषणा गरेका छन् । तर, नेपालमा मात्र समलिंगी विवाहलाई कानुन नभए पनि अदालतको ठाडो आदेशमा विवाह दर्ता गर्न दिएको छ । त्यही विषय छिमेकी मुलुक भारतमा उठ्यो र अदालतले भन्यो, ‘समलिंगी विवाहलाई कानुनी मान्यता दिन कुनै कानुन छैन ।

कानुन अदालतले बनाउने होइन । सरकार र संसदले बनाएको कानुनको व्याख्या गर्ने काम मात्र हो हाम्रो ।’ हाम्रामा जिल्ला, उच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिन इन्कार गर्दागर्दै सर्वोच्चले कुन कानुनमा टेकेर कानुनी मान्यता दियो रु नेपालको एउटा कम्युनिष्ट पार्टीले एशियाकै पहिलो समलिंगी सांसद बनायो, अर्को कम्युनिष्ट पार्टी सरकारमा हुँदा पहिलो पटक समलिंगी विवाहलाई कानुनी मान्यता दिने काम गरायो ।

नयाँ आएका प्रायः सबै दल समलिंगी समर्थक देखिन्छन् । ट्रम्प सत्तामा हुँदा अमेरिका, रुस, युगाण्डा, भारत, चीनलगायत मुलुक समलिंगीप्रति अनुदार छन् तर नेपाल मात्र कुन शक्तिको दवाव र प्रभावमा यो समुदायप्रति यति उदार भइरहेको होला रु

० समलिंगीहरूको पनि मानवअधिकार होला नि !

– नेपालमा समलिंगी र तेस्रोलिंगीबीच कन्फ्युजन छ । मैले तेस्रोलिंगीको कुरा गरिरहेको छैन । उनीहरू प्राकृतिक हुन् र सबै धर्मले मानेकै छन् । समलिंगी भनेको केटा केटा र केटी केटीबीचमा हुने विवाह हो । यो सृष्टिकै विरुद्ध भयो । बाइबलले यसलाई विरोध गर्छ । अरु धर्मले पनि मान्ने जस्तो लाग्दैन ।

०६३ अगाडि यो समस्या नेपालमा थिएन । यसमा विदेशी लगानी छ । बाहिरबाट दवाव दिएको छ, नेताहरूलाई, धार्मिक संघ संस्थालाई । युगाण्डाको उदाहरण हेर्ने हो भने अमेरिकाको डेमोक्रेट पार्टी, संयुक्त राष्ट्रसंघ ९युएन०, विश्व बैंकहरूले यसमा लगानी गरिरहेका छन् ।

अमेरिकाका धनाढ्य जर्ज सोरोजको नाम पनि यसमा आइरहेको छ । यदि, हाम्रै समाजको विषय भए हामी आफैं छलफल गरेर समाधान गथ्र्यौं । यसमा बाह्य रुचि, दवाव, प्रलोभन किन छ रु विदेशी मिडियाले नेपाल समलिंगीहरूको केन्द्र बन्न उपयुक्त छ भनेर प्रचार गरिरहेका छन् रु रस्साले युक्रेनमाथि आक्रमण गरेपछि पुटिन र त्यहाँका धर्मगुरुले भनेका थिए कि ‘युक्रेनमाथि आक्रमण गर्नुको एउटा कारण समलिंगी हो ।’

० समलिंगीको मुद्दाले आगामी २१ फागुनको निर्वाचनमा कस्तो प्रभाव पार्ला ?

‑ साझा विवेकशील पार्टीले समलिंगी विवाहलाई प्राथमिकता दिएको थियो । सुनेअनुसार, उहाँहरूकोमा एउटा समलिंगी विभागै थियो । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार उठाएको छ ।

समलिंगी समुदायले अलग्गै दल खोलेको छ । वर्ष दिनअगाडि एशियास्तरको साताव्यापी समलिंगी सम्मेलन सोल्टी होटलमा सम्पन्न भयो । पहिलो अन्तर्राष्ट्रिय समलिंगी पर्यटन सम्मेलन नेपालमै भयो । हिन्दू धर्मवालाहरु केही बोल्दैनन् । विश्व हिन्दू महासंघजस्ता संघसंस्थाले यसमा मौन समर्थन जनाइरहेका छन् ।

० हिजो माओवादीमा आबद्ध रहनुभयो । अहिले केही मुद्दामा एक्लै हुनुहुन्छ । किन खिइएको ?

‑ कति अर्ब ल्याएर माओवादीलाई दिएसम्म आरोप पनि ममाथि लगाइयो । मैले माओवादीलाई सहयोगसम्म गरेको हो तर माओवादी थिइनँ । जनयुद्ध चर्किंदै जाँदा धेरै मान्छे मर्न थाले । त्यही भएर अमेरिकी राजदूत जेम्स मोरियार्टीलाई भेट्न गएँ । नेपाल सरकार र माओवादीलाई वार्तामा ल्याउन सहयोग गर्नुपर्‍यो भन्ने प्रस्ताव राखेँ ।

राजदूतले ‘नो टक्स विथ माओइस्टस्, दे मस्ट बि डिफिटेड, दे मस्ट बि फ्लस आउट’ भने । आतंककारीसँग वार्ता गर्ने होइन, सिध्याउने हो भनेर नेपाल सरकारलाई दबाब दियो । माओवादी नसिद्धिउञ्जेलसम्म द्वन्द्व चलिरहने भयो । त्यस्तो अवस्थामा अमेरिकासहित उसका दुइटा साथी युरोपियन युनियन र बेलायतलाई नमनाई माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सकिँदैनथ्यो । त्यसैका लागि क्याम्पसको जागिरबाट राजीनामा गरेँ र युरोपतिर लागेँ । ५–६ पटक त नर्वे नै पुगेँ ।

जर्मनी, स्विटजरल्याण्ड, फिनल्याण्ड, ब्रसेल्स हुँदै युरोपियन युनियनकै हेडक्वार्टर पुगेँ । माओवादी आतंककारी होइनन् भन्ने प्रमाणित गर्नुपर्ने थियो । अमेरिकाले माओवादीलाई आतंककारीको सूचीमा राखुञ्जेल नेपाल सरकारलाई वार्ता गर्न दिँदैनथ्यो । त्यस समयमा नेपालको ८० प्रतिशतभन्दा बढी भूभाग माओवादीको अधीनमा थियो । सरकार रिङरोडबाहिर सुरक्षा दिन सक्दैनौँ भन्थ्यो ।

जिल्लाको पनि सदरमुकाम केन्द्रित थियो । माओवादीलाई परास्त गरिहाले लाखौँ नेपाली मर्छन् भनेपछि मेरो प्रयासबाट इयु, युरोपियन युनियन, नर्वे, जर्मनहरु कन्भिन्स भए । नर्वेको राजदूतले नेपाल सरकारले माओवादीसँग वार्ता प्रक्रिया शुरु गर्दैन भने सहयोगमा पुनर्विचार गर्नुपर्छ भन्नुभयो ।

त्यो समय नेपाललाई सबैभन्दा बढी सहयोग गर्ने राष्ट्र थियो ऊ । त्यहाँका जनता, मिडिया, चर्च, पार्लियामेन्ट, स्कूल, युनिभर्सिटीमा गएर बुझाए पछि जनताहरूले दवाव थिए सरकारलाई । त्यसपछि लण्डनस्थित बिबीसीको स्टुडियोबाट दुईपटक लाइभ अन्तरवार्ता दिएँ । बेलायत सरकार पनि कन्भिन्स भयो ।

० अमेरिकालाई चाहिँ कसरी कन्भिन्स गराउनुभयो ?

‑ नेपाली शान्ति प्रक्रियाको भित्री भाग धेरै मान्छेलाई थाहा छैन । अमेरिकी विदेश मन्त्रालयमा दुईचोटि पुगें । सांसद, सिनेटर, कांग्रेसमेनहरूलाई भेटें वासिङ्टनमा तर विदेश मन्त्रालय केही गर्दा पनि कन्भिन्स भएन । त्यसबीच लण्डन स्कुल अफ इकोनोमिक्सकी प्रोफेसर डाक्टर एलिजाबेथ फिलिप्सन नेपाल आउनुभयो ।

बेलायत सरकारको द्वन्द्व विशेषज्ञ भएर काम गर्नुभएकी । उहाँले भन्नुभयो कि ‘तिमी द्वन्द्व रोकेर शान्ति स्थापना गर्न लागिरहेका छौ तर यो अमेरिकाको माओवादीप्रतिको नीति परिवर्तन नभएसम्म समस्या समाधान हुँदैन ।

० माओवादीले अमेरिकी दूतावासलाई लेखेको गोप्य पत्र कसरी आउट भयो त ?

‑ उसले माओवादी पार्टीको लेटरहेडमा अमेरिका सरकारलाई ६ वटा विषयमा प्रतिबद्धतासहितको पत्र खोज्यो– हतियार त्याग्न तयार छौं । बहुदलीय व्यवस्था र आवधिक निर्वाचन स्वीकार्छौं । मानवअधिकारको सम्मान गर्छौं । अमेरिकी दूतावासका दुई जना सेक्युरिटी गार्ड मारिएको र राजदूतको गाडीमा ढुंगा प्रहार भएको विषयमा क्षमायाचना गर्दछौं ।

कृष्णबहादुर महराजीले तपाईं आफैं चिठ्ठी ड्राफ्ट गर्नुहोस् भन्नुभयो । सोही पत्र राखेर राजदूतले आफ्नो सरकारलाई पोजेटिभ टोनमा चिठी लेखेर पठाए । पछि विकिलिक्सले उक्त पत्र सार्वजनिक गरिदियो, वेबसाइट ह्याक गरेर । राजदूतले उसको सरकारलाई लेखेको पत्र प्रिन्ट गरेर महरालाई भेट्न गएँ ।

यसले पार्टीलाई केही केही समस्या पर्छ कि रु भनेर प्रश्न राखेँ । हामी शान्ति प्रक्रियामा आइसक्यौं । विगतका कुराले केही असर पर्दैन । यो पत्रले तपाइंँका लागि राम्रो भयो भन्नुभयो । त्यसपछि वार्ता प्रक्रिया अगाडि बढ्यो । माओवादीहरु शान्ति प्रक्रियामा आए ।

० माओवादी पार्टीसँग तपाइँको मोहभंग किन र कसरी भयो ?

‑ माओवादी शान्ति प्रक्रियामा आइसकेपछि मेरो भूमिका सकियो । माओवादी सरकारमा आएपछि उनीहरूको धार्मिक समुदायलाई हेर्ने दृष्टिकोण परिवर्तन भयो । आक्रामक नभएर भाइचारा सम्बन्ध बन्यो । मानवअधिकार आयोगमा ०७० बाट मेरो कार्यकाल सकियो ।

राजनीतिक दल, नेता, सरकार र माओवादीले पनि भनेजस्तो काम गर्न सकेनन् । जनतालाई बिर्से । माओवादीले पनि हिजो जनताले गरेका सहयोग, त्याग, बलिदान सबै बिर्सियो । नेताहरू ऐश आरामतिर लागे । त्यसपछि माओवादी पार्टी भ्रष्ट, अपराधी, तस्करहरूको घेरामा पर्‍यो ।

मलाई त माओवादी पार्टीप्रति मात्र होइन कि यो व्यवस्थाप्रति नै वितृष्णा आयो । सन् २०१४ सालदेखि नै राजनीतिक हिसाबले माओवादीका कुनै समूहसँग आबद्ध छैन, उनीहरूसँग कुनै दुश्मनी पनि छैन ।

० कस्तो देख्नुहुन्छ, नेपालमा मानवअधिकारको अवस्था ?

‑ मानवअधिकारको अवस्था अहिले पनि राम्रो छैन । मानवअधिकार भन्ने चिज नै आयातित विषय हो । त्यो त खाली विदेशी, दातृ संस्था, विशेष गरी युएनलाई खुशी पार्न बनाइएको हो ।

० मानवअधिकार आयोगमा शुरुका वर्ष उति सुखद रहेन । बैठक बहिष्कार गरेर बिते । इन्दिरा राणा र मिहिर ठाकुर हुँदा पनि सदस्यहरूबीचै लफडा परिरहेको सुनिन्छ । किन यस्तो हुन्छ ?

‑ त्यहाँ अध्यक्षसहित पाँच जना सदस्य हुन्छन् । मैले र डा। लीला पाठकले आयोगभित्रका कतिपय कुराको विरोध जनायौं । युएनडिपीसँग पनि टक्कर पर्‍यो । चार वर्ष आयोगको बैठक बहिष्कार गर्‍यौं । तीन जनाले आयोग चलाउनुभयो । देशै समस्यामा छ । आयोगमा मात्र विरोध गरेर के काम भन्ने लाग्यो र चार वर्षपछि बैठकमा सहभागी भएँ । आयोगले प्रभावकारी रुपमा मानवअधिकारका क्षेत्रमा काम गर्न सकेको छैन र सक्दैन पनि । हाम्रो माटो, इतिहास, संस्कार, संस्कृति सुहाउँदो व्यवस्था भयो भने मात्रै, नत्र आयातित व्यवस्थाले केही काम गर्दैन ।

देश कता जान्छ, हाम्रो हातमा छैन । इतिहासमै सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेर निर्वाचन गरिँदैछ । लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र भनेको यही हो रु यत्रो सुरक्षा घेराभित्र गरिएको निर्वाचनले शान्ति ल्याउँछ ? सबै बीच समझदारी गरी सर्वपक्षीय सरकारले निर्वाचन गराएको खण्डमा मात्र शान्ति स्थापना होला । होइन भने मुलुक झन ठूलो द्वन्द्वमा फस्ने डर भयो । यसका लागि अन्तर्राष्ट्रिय शक्तिलाई मनाउनुपर्छ । तिनीहरूसँग खेल्नुपर्छ ।

० मानवअधिकार र गौरीबहादुर कार्की आयोगले पाएको छ । सो आयोगले निर्वाचन अगाडि किन प्रतिवेदन दिन सकेन ?

– निर्वाचनलाई प्रभावित बनाउँछ भनेर होला ।

० एकनारायण ढकाल परिवार दलको अध्यक्ष छन् तर एमालेबाट समानुपातिक सांसद पड्काउँछन् । उनका गतिविधिले नेपालमा धर्म परिवर्तन पनि भयो कि विदेशी मिसन मात्र सफल रह्यो ?

– कोरियामा एक जना क्रिश्चियन सन योङ मुन हुनुहुन्थ्यो । उहाँले नयाँ मुभमेन्ट शुरु गर्नुभयो युनिफिकिसेन चर्च । त्यसलाई संसारका मेन लाइन क्रिश्चियन सम्प्रदायले स्वीकार गरेनन् । वास्तवमा ती क्रिश्चियन होइन, अलग्गै सम्प्रदाय हुन् । उनीहरूको संसारभर राम्रो प्रभाव छ ।

फादर मुन बितिसके, श्रीमती डा. हाक जा हा मुनले नेतृत्व गरिरहनुभएको छ । उहाँ केही अगाडि घुस काण्डमा पक्राउ परेपछि अनुसन्धानका क्रममा नेपालका नेताहरू केपी ओली, बाबुराम भट्टराई, माधव नेपालका कुरा बाहिरिएका हुन् ।

येशुले सिकाउनु भएको प्रभु भोज चर्च हो तर त्यसैलाई होली वाइनको नाम दिइयो । त्यसमा अनेकन व्याख्या, अपख्याख्या गरियो ।

एफएफडब्लुपियु भनेर संसारलाई एउटा परिवार बनाउने उनीहरूको मुभमेन्ट हो । त्यसको नेपाल प्रमुख एकनाथ ढकाल कट्टर हिन्दू हो ।

 

 

 

जन आस्थाबाट साभार