दाङको तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा सडक कालोपत्र भएपछि स्थानीयमा खुसी छाएको छ । कुनै बेला वर्षातमा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । त्यसबहखत स्थानियमा हैरान हुन्थ्यो । तर, अहिले सडक कालोपत्र भएपछि आवतजावतमा निकै सहज भएको छ ।
‘पहिले हिलैहिलो हुन्थ्यो, साइकल लैजान पनि समस्या हुन्थ्यो’, स्थानीयको भनाई छ । स्थानीयका अनुसार अहिले त साइकलमा नै बजार पुग्न सजिलो छ, छिट्टै बजार पुगिन्छ ।
कालोपत्र नहुँदा गाडीले धुलो उडाउने र त्यो धुलो घरभित्रै पस्थ्यो । सुकाएका कपडामा पनि धुलैधुलो हुने अवस्था थियो । अहिले त्यो अवस्था हटेकोले स्थानियमा रौनकता छाएको छ ।
‘
