तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित

  • Clock icon
    २०८२ फाल्गुन २३, शनिबार

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले निर्वाचित भएका छन् ।

कुल ३८ हजार ४० मत पाएका उनले २१ हजार ८०९ को मतान्तरसहित विजयी भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ र एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाएका छन् ।

गत उपनिर्वचनमा स्वर्णिम १४ हजार ७९७ मतान्तरसहित निर्वाचित भएका थिए ।