‘द बैंकर्स टेक्नोलोजी अवार्ड’बाट नबिल सम्मानित

नबिल बैंक एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ बाट सम्मानित भएको छ । बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिने बैंकले जनाएको छ ।

विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिलले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहक अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्यांकनका आधारमा प्रदान गरिएको बैंकले उल्लेख गरेको छ ।

‘यो अवार्डले बैंकको सेवालाई अझ प्रविधिमैत्री तथा ग्राहकमैत्री बनाउन प्रोत्साहन मिलेको नबिल बैंकको दाबी छ । बैंकले आफ्नो स्थापनाकालदेखि नै प्रविधिलाई प्राथमिकतामा राखेको छ । बैंकले पछिल्लो समय डिजिटल सेवालाई प्राथमिकतामा राख्दै दिगोपनामा पनि जोड दिएको छ ।

अवार्ड सम्मानले बैंकलाई अझ चुस्त र प्रविधि केन्द्रित सेवा प्रदान गर्न प्रेरित गरेको बैंकको भनाइ छ ।