कारागारबाट निस्किए मनाङ्गे

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार

गण्डकी प्रदेशका पूर्वमन्त्री एवं पूर्व सांसद राजिव गुरुङ उर्फ दिपक मनाङ्गे कारागारमुक्त भएका छन् ।

मनाङ्गे हिजो बुधबार डिल्लीबजार कारागारबाट निस्किएका हुन् ।

सर्वोच्चले मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा कारागारको सजाय सुनाएको थियो ।

२०६१ साल वैशाखमा मिलन गुरुङ उर्फ मिलन चक्रेको हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा सर्वोच्चले सजाय सुनाएको थियो ।

सोही मुद्दामा मनाङ्गेले पाउनुपर्ने सजाय काटेपछि बुधबार कारागारमुक्त भएका हुन् ।