करिब दुई महिनादेखि बन्द तातोपानी भन्सार नाका सञ्चालनमा आएको छ।
गत भदौ १४ गतेदेखि बन्द रहेको तातोपानी नाका आज कात्तिक १ गतेदेख सञ्चालनमा आएको हो।
आज तातोपानी नाकाबाट ६ वटा कन्टेनर पास भएका छन्।
तीन वटा मालवहाक कन्टेनर चीनबाट आएको र ३ वटा खाली कन्टेनर नेपाल तर्फबाट गएको तातोपानी भन्सार कार्यालयका अधिकृत नरेन्द्र जैसीले जानकारी दिए।
‘चीनबाट तीन कन्टेनर आएको छ। ती कन्टेनरमा मिश्रित सामान छन्। नेपालतर्फबाट खाली तीन कन्टेनर चीन गएका छन्,’ उनले भने।
चिनियाँ पक्षले तीन दिनका लागि नाका खोलेको अनौपचारिक जानकारी प्राप्त भएको अर्थ मन्त्रालयको भनाइ छ।
