नेपाल अहिले नयाँ परिवर्तनको चरणमा छ :प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले नेपाल अहिले नयाँ परिवर्तनको चरणमा रहेको बताएकी छिन्। सोमबार काठमाडौंमा आयोजित एनआरएनएको १२ औं ग्लोबल कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको बताइन्।

उनले भनिन्,‘नेपाल अहिले नयाँ परिवर्तनको नयाँ चरणमा छ । नयाँ जनादेश र बद्लिदो राजनीति परिवेशले मूलुकलाई स्थायित्व,विकास र समृद्धि अघि बढाउने आशा जगाएको छ ।’ उनले नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवद्र्धन आवश्यक रहेको बताइन्। प्रधानमन्त्री कार्कीले सबै गैरआवासीय नेपालीलाई मातृभूमिप्रतिको माया र जिम्मेवारी सम्झँदै नेपालको विकासमा सक्रियतापूर्वक लाग्न आग्रह गरिन्।

उनले भनिन्,‘नेपालको विकास र समृद्धिको लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन् । स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुको सहकार्य लगानी ज्ञान,नवनप्रवद्र्धन आवश्यक हुन्छ । त्यसलै सबै गैरआवसिय नेपालीलाई मातृभूमिप्रतिको माया जिम्मेवारीलाई सम्झेर नेपालको विकासमा सक्रियतापूर्वक लाग्न आग्रह व्यक्त गर्दछु।’

उनले मातृभूमिप्रतिको प्रेमले नेपालको विकास र समृद्धिका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गर्दै जहाँ रहे पनि नेपाली हुनुमा गर्व गर्ने वातावरण निर्माण गर्न र देशको प्रगति तथा समृद्धिका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिइन्।