राष्ट्रिय योजना आयोग र यूएन इस्क्यापको सहआयोजनामा हुने राष्ट्रिय कार्यशालाको तयारी छलफल सम्पन्न भएको छ ।
राष्ट्रिय योजना आयोग का उपाध्यक्ष प्रा.डा .शिवराज अधिकारीको संयोजकत्वमा भएको उक्त छलफल सम्पन्न भएको हो । योजना आयोग र युएन इस्क्यापको सह–आयोजनामा गर्न लागिएको कार्यशालाको तयारी सम्बन्धमा शुक्रबार योजना आयोग कार्यालयमा छलफल गरिएको छ ।
आगामी जुन १६ र १७ गते दुई दिनसम्म कोशी प्रदेशको काँकरभिट्टामा हुने पूर्वी दक्षिण एसियामा व्यापार तथा यातायात अन्तर आबद्धता चुनौति र आगामी कार्यदिशा विषयक उपक्षेत्रीय कार्याशाला तथा आगामी जुन १९ र २० मा काठमाडौंमा हुने नेपालको अतिकम विकसित मुलुकबाट स्तरोन्न्ती : नेपालको सहज स्तरोन्नती रणनीति चुनौति तथा आगामी कार्यदिशा विषयक उच्चस्तरीय राष्ट्रिय कार्यशालाको आवश्यक तयारी सम्बन्धमा छलफल भएको हो ।