सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले घटेको हो।

बुधवार प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १४० रुपैयाँले घटेको छ। बुधवार प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ।