नानो इन्जिन टेक्नोलोजीले इन्धन बचत बढाउने दाबी

काठमाडौं । अटो नेपाल बिजनेस ट्रेड लिंकले विगत १० वर्षदेखि नेपालका विभिन्न सहरहरूमा ‘नानो एनर्जाइजर’ उत्पादन वितरण गर्दै आएको जनाएको छ। कोरिया इन्स्टिच्युट अफ नानो टेक्नोलोजीद्वारा उत्पादित यो सामग्रीलाई अटोमोटिभ केयरमा विश्वकै अग्रणी नानो प्रविधि प्रयोग भएको उत्पादनका रूपमा प्रस्तुत गरिएको छ।

कम्पनीका अनुसार नानो एनर्जाइजर प्लेटिनम कोटेड सेरामिक नानो–पाउडरबाट बनेको अत्याधुनिक फर्मुला हो, जसले इन्जिनको आन्तरिक भागमा मेटालिक कोटिङ बनाइ दीर्घकालीन सुरक्षा र पुनर्स्थापना गर्ने काम गर्छ। परम्परागत एडिटिभभन्दा फरक रूपमा यसले इन्जिनको सतहमा सुरक्षात्मक तह निर्माण गर्ने दाबी गरिएको छ।

अटो नेपाल बिजनेस ट्रेड लिंकका निर्देशक रोशनकुमार श्रेष्ठका अनुसार यो प्रविधिको प्रयोगले इन्धन खपत ५ प्रतिशतदेखि २० प्रतिशतसम्म घटाउन सक्ने, कार्बन उत्सर्जन ३ देखि ९ गुणासम्म कम गर्न सहयोग पुग्ने तथा इन्जिनको टिकाउपन उल्लेख्य रूपमा बढ्ने बताइएको छ।

कम्पनीका अनुसार नानो एनर्जाइजरको कोटिङ स्टिलभन्दा २० गुणा बलियो र अत्यधिक ताप–प्रतिरोधी हुने दाबी गरिएको छ। एक पटक प्रयोग गरेपछि यो प्रभाव ३० हजार किलोमिटर वा करिब दुई वर्षसम्म कायम रहने बताइएको छ।

यसको प्रयोग प्रक्रिया सरल रहेको कम्पनीले जनाएको छ। ३० मिलिलिटरको प्याक इन्जिन आयल, गियरबक्स वा स्टेयरिङ बक्समा हाल्दा यसले पिस्टन र सिलिन्डरबीच हुने घर्षणका कारण हुने क्षयलाई कम गर्दै पुराना भागहरू पुनर्स्थापित गर्ने दाबी गरिएको छ।

कम्पनीका अनुसार यस प्रविधिले महँगो मर्मतबिना नै इन्जिनलाई नजिकैको मौलिक अवस्थासम्म पुनःस्थापित गर्न सहयोग गर्ने भएकाले नेपालका सवारीधनीहरूबीच यसको माग बढ्दै गएको छ। यसलाई इन्धन बचत र वातावरणमैत्री सवारी सञ्चालनका लागि उपयोगी समाधानका रूपमा प्रस्तुत गरिएको छ।