सर्वोच्च अदालतमा हराएका मुद्दा पुनःस्थापना प्रगति

काठमाडौं । सर्वोच्च अदालतले ‘जेन–जी’ प्रदर्शनका क्रममा नष्ट भएका मुद्दा फाइलहरूको पुनःस्थापनामा उल्लेख्य प्रगति गरेको छ। अदालतका अनुसार हालसम्म १९ हजार १०२ मुद्दा फाइल सफलतापूर्वक पुनः प्राप्त भइसकेका छन् भने अझै १ हजार ४०० फाइल पुनःस्थापना गर्न बाँकी रहेको छ।

अदालतले विभिन्न स्रोत, अभिलेख र डिजिटल प्रणालीको सहयोगमा हराएका कागजातहरू क्रमशः पुनः संकलन गर्दै पुनः अभिलेखमा राख्ने काम तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ।

सर्वोच्च अदालतका अधिकारीहरूका अनुसार बाँकी फाइलहरूको पुनःस्थापना कार्य पनि छिट्टै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस प्रक्रियाले न्यायिक सेवा निरन्तरता र अभिलेख व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

अदालतले डिजिटल अभिलेखीकरण प्रणाली विस्तार गर्दै भविष्यमा यस्ता अभिलेख क्षति जोखिम न्यूनिकरण गर्ने योजना पनि अघि सारेको छ।