युनिक्याम्पस ग्लोबलको २५ वर्षे शिक्षा यात्रा पूरा

काठमाडौँ । अन्तर्राष्ट्रिय शिक्षा अवसरसँग नेपाली विद्यार्थीलाई जोड्दै आएको युनिक्याम्पस ग्लोबलले आफ्नो २५औँ वार्षिकोत्सव मनाएको छ।

सन् २००१ मा स्थापना भएको युनिक्याम्पस ग्लोबलले विगत साढे दुई दशकदेखि उच्च गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ। संस्थाले विभिन्न प्रतिष्ठित विदेशी विश्वविद्यालयमा आंशिक तथा पूर्ण छात्रवृत्तिको व्यवस्था गराउन महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।

वार्षिकोत्सव कार्यक्रममा संस्थाका अध्यक्ष विज्ञान श्रेष्ठले चुनौतीपूर्ण परिस्थितिबीच पनि संस्था निरन्तर अघि बढ्दै आजको अवस्थासम्म आइपुगेको बताए। उनले नेपाली विद्यार्थीको शैक्षिक भविष्य निर्माणमा नवप्रवर्तन र सहकार्यलाई थप मजबुत बनाइने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत घनश्याम घिमिरेले विद्यार्थी केन्द्रित सेवा, भरपर्दो परामर्श र गुणस्तरीय मार्गदर्शनलाई संस्थाको प्रमुख प्राथमिकता भएको बताए। उनले विद्यार्थीलाई लक्ष्य प्राप्तिमा सहयोग गर्नु नै संस्थाको मुख्य उद्देश्य रहेको उल्लेख गरे।

कार्यक्रममा शिक्षा परामर्श क्षेत्रका अनुभवी हेमन्त भट्टराईले युनिक्याम्पस ग्लोबलजस्ता संस्थाले नेपालमा परामर्श सेवालाई व्यवस्थित र विश्वसनीय बनाउन महत्वपूर्ण योगदान दिएको बताए।

संस्थाले परामर्श सेवासँगै विभिन्न शैक्षिक संस्थाहरूको स्थापना तथा विकासमा पनि योगदान पुर्‍याउँदै आएको छ।

युनिक्याम्पस ग्लोबलले आगामी दिनमा पनि नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा अवसरसँग जोड्ने आफ्नो लक्ष्यलाई अझ सुदृढ बनाउने जनाएको छ।