काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका अध्यक्ष शेखर गोल्छाले आफ्नो पदबाट राजीनामा दिएका छन्। कम्पनीका संस्थापक अध्यक्ष समेत रहेका गोल्छाले गत फागुन २५ गते नै राजीनामा बुझाएका थिए।
उनको राजीनामालाई कम्पनीको सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले औपचारिक रूपमा स्वीकृत गरिसकेको छ। यससँगै कम्पनीमा नेतृत्व परिवर्तन भएको छ।
यद्यपि, गोल्छाले अध्यक्ष पदबाट राजीनामा दिनुको स्पष्ट कारण भने हालसम्म सार्वजनिक गरिएको छैन। कम्पनीले यस विषयमा थप विवरण खुलाएको छैन।
गोल्छाको राजीनामापछि कम्पनीको आगामी नेतृत्व र व्यवस्थापन संरचनाबारे चासो बढेको छ।
