काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य पुनः घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेको हो।
सोमबार प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ७३ हजार ९०० रुपैयाँमा झरेको छ।
यता चाँदीको मूल्य भने उकालो लागेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ८० रुपैयाँले बढेको छ। सोमबार ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला ४ हजार ५०५ रुपैयाँ कायम भएको छ।
