काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार ६०० रुपैयाँले बढेको छ।
महासंघले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। यससँगै सुनको मूल्यले नयाँ उचाइ छोएको छ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। मंगलबार प्रतितोला ४ हजार ५०४ रुपैयाँमा कारोबार भएको चाँदी आज ४१५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
