ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

काठमाडौं । नवनियुुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् ।

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा उनी केही समय युवा तथा खेलकुदमन्त्री बनेका थिए । २१ फागुनको निर्वाचनमा उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका हुन् । २४ हजार ५९२ मत ल्याएर श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्