सुनचाँदी बजारमा उज्यालो संकेत

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको हो।

शुक्रवार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ८६ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ। पछिल्लो वृद्धि सँगै सुन बजारमा सकारात्मक संकेत देखिएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि उकालो लागेको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढेको महासंघले जनाएको छ। शुक्रवार प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ७२० रुपैयाँ पुगेको छ।

सुनचाँदी दुवै धातुको मूल्य वृद्धि भएसँगै बजारमा सक्रियता बढ्ने अपेक्षा गरिएको छ।