काठमाडौं । बालेन शाहले आफ्नो सचिवालयलाई पूर्णता दिने क्रममा दुई महत्त्वपूर्ण नियुक्ति गरेका छन्।
प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार बेञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका हुन्।
नवनियुक्त दुवै सल्लाहकार प्रधानमन्त्री शाहका निकट तथा विश्वासपात्र सहयोगीका रूपमा परिचित छन्। कुमार र असीमले बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर रहँदादेखि नै उनको योजना निर्माण र व्यवस्थापनमा पर्दा पछाडि बसेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए।
यी नियुक्तिसँगै प्रधानमन्त्रीको सचिवालय थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।
